महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८३ असार ११ बिहीवार १३:४८
shares

काठमाडौं, ११ असार । महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो।
सो शेयर खरिदका लागि बैंकले विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकतामा राखेको छ। उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनसक्नेछन्।
साथै, बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन।


















