कालीमाटी तरकारी बजारमा आजका मूल्य सार्वजनिक
वि.सं.२०८३ असार १५ सोमवार ०९:०७
shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
तरकारीतर्फ गोलभेँडा ठूलो प्रतिकिलो ४० र सानो १०–२० रुपैयाँमा कायम छ। आलुको मूल्य किसिमअनुसार ३०–४० रुपैयाँसम्म पुगेको छ। प्याज सुकेको ५५ रुपैयाँमा बिक्री भइरहेको छ।
हरियो सागसब्जीमध्ये काउली ९०, बन्दा ६०, गाजर १०० र ब्रोकाउली ७० रुपैयाँ प्रतिकिलो निर्धारण भएको छ। मटरकोसा १३०, भटमास कोसा १०० र घिउ सिमी ६०–८० रुपैयाँसम्म छ।
च्याउको मूल्य भने उच्च नै छ। कन्य च्याउ ३००, डल्ले ५०० र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो तोकिएको छ। कुरिलो ३०० र पार्सले ३५० रुपैयाँमा छ।
फलफूलतर्फ अनार ४५०, स्याउ (फुजी) ३००, जुनार २३० र नासपाती २५० रुपैयाँ प्रतिकिलो रहेको छ। केरा (नेपाली) दर्जन २५० रुपैयाँमा उपलब्ध छ।
मसला तथा अन्य उपजमध्ये सुकेको खुर्सानी ५०० र माछा सुकेको १ हजार रुपैयाँ प्रतिकिलो छ। ताजा रहु माछा ३४०, बचुवा ३०० र छडी माछा २५० रुपैयाँमा निर्धारण गरिएको छ।



















