सुनको मुल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असार १५ सोमवार १०:५६
936
shares
shares

काठमाडौं, १५ असार । स्थानीय बजारमा सोमवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य १ हजार ४ सयले घठेको छ।
महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ८३ हजार ८ सयमा कारोबार भएको सुन सोमवार घटेर प्रतितोला २ लाख ८२ हजार ४ सयमा कायम भएको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आइतवार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कायम भएको चाँदी सोमवार ४ हजार ३ सय १० रुपैयाँमा कायम भएको हो ।



















