Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

1.12K
shares

काठमाडौं, १६ असार । सांग्रिला डेभलपमेन्ट बैंकले मंगलबार देखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले एक संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार २७ कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा राखेको ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।