दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असार १६ मंगलवार १५:११
shares

काठमाडौं, १६ असार । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ३अर्ब २५ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले १३.०४ प्रतिशतका दरले कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १०.८० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले ७.७७ प्रतिशतका दरले कमाएका छन् भने श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७.३९ प्रतिशतका दरले कमाएका छन् ।


















