उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो
वि.सं.२०८३ असार १७ बुधवार १५:०७
shares

काठमाडौं, १७ असार । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८६ करोड कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.२१ प्रतिशतका दरले गुमाएका छन् ।


















