उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असार १७ बुधवार १५:२३
shares

काठमाडौं, १७ असार । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८६ करोड कारोबार भएको हो ।
उच्च अंकले बढेको कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.२१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एनएमबी डिबेन्चर ८.५० प्रतिशत २०८७/८८का लगानीकर्ताले ४.९३ प्रतिशतका दरले गुमाएका छन् भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि माथिल्लो स्याङ्गे जलविद्युत लिमिटेडका लगानीकर्ताले ३.५५ प्रतिशतका दरले गुमाएका छन् भने ११ प्रतिशत महालक्ष्मी ऋणपत्र २०८९का लगानीकर्ताले २.९६ प्रतिशतका दरले गुमाएका छन् ।

















