Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

884
shares

काठमाडौं, १७ असार । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८६ करोड कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १४.२२ प्रतिशतका दरले कमाएका छन् भने भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १३.९० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कुथेली बुखारी साना जलविद्युत लिमिटेडका लगानीकर्ताले ९.७३ प्रतिशतका दरले कमाएका छन् भने मिड सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.३७ प्रतिशतका दरले कमाएका छन् ।