Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

741
shares

काठमाडौं, १८ असार । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ११ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा १० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०।६० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.४३ प्रतिशतका दरले गुमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७.८३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७.२३ प्रतिशतका दरले गुमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ५.५६ प्रतिशतका दरले गुमाएका छन् ।