Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

754
shares

काठमाडौं, १८ असार । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ११ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा माथिल्लो लोहोरे खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कालङ्गा हाइड्रो लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् भने स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सानिगाड हाइड्रो लिमिटेडका लगानीकर्ताले १४.९७ प्रतिशतका दरले कमाएका छन् भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १३.६७ प्रतिशतका दरले कमाएका छन् ।