Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

507
shares

काठमाडौं, १८ असार । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ११ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा माथिल्लो लोहोरे खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि १० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.६० प्रतिशतका दरले गुमाएका छन् ।