Dhulikhel Eco Banner new

मातृभूमि लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

2.48K
shares

काठमाडौं, १९ असार । मातृभूमि लघुवित्तले एफपीओ निष्काशनपश्चात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लम्की, कैलालीमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले एफपीओ निष्काशन गर्ने, सोपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।