Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.53K
shares

काठमाडौं, १९ असार । शुक्रवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.३० अंकले घटेर २६५३.४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४१ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा माथिल्लो लोहोरे खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.६५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ११.२१ प्रतिशतका दरले गुमाएका छन् भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ४.९७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.७५ प्रतिशतका दरले गुमाएका छन् भने युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ४.७२ प्रतिशतका दरले गुमाएका छन् ।