Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

1.2K
shares

काठमाडौं, १९ असार । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र नतिजामुखी कार्यसम्पादन सम्बन्धी १०० बुँदे कार्ययोजना तथा प्रभावकारी ग्राहक सेवाको मर्मलाई आत्मसात् गर्दै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाएको छ ।

कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैंकले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको हो । बैंकको यस प्रयास मार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

अनलाइन कर्जा आवेदनका लागी बैंकको आधिकारिक वेबसाइट www.rbb.com.np को शिरमा रहेको Quick Access अन्तर्गत रहेको Online Loan Application को लिङ्क क्लिक गरी RBB Xmart Lending Digital Loan Portal मा जानुपर्नेछ । उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी User Registration मार्फत दर्ता गर्नुपर्नेछ । तत्पश्चात् आफ्नो नाम, सम्पर्क मोबाइल नं लगायत विवरण प्रविष्ट गरी प्राप्त निर्देशन अनुसार अगाडी बढ्नुपर्छ ।

Application Submitted भईसकेपछी सोको जानकारी ग्राहकलाई आउँछ र आवेदनको अवस्था Track Progress मा क्लिक गरेर हेर्न सकिनेछ । ग्राहकवर्गको सहजताको लागि अनलाइन कर्जा आवेदन पोर्टलको QR code  समेत उपलब्ध गराईएको छ ।

अनलाईन कर्जा सेवाको भरपूर लाभ उठाउनुहुन बैंक आम नागरिक, व्यवसायी एवं सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछ ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।