सुनको मुल्य घटयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असार २१ आइतवार १०:५७
884
shares
shares

काठमाडौं, २१ असार । स्थानीय बजारमा आइतवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य ४ सयले घटेको छ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९० हजार ७ सयमा कारोबार भएको सुन आइतवार घटेर प्रतितोला २ लाख ९० हजार ३ सयमा कायम भएको छ ।
त्यसैगरी,आइतवार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।शुक्रवार प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँमा कायम भएको चाँदी आइतवार ४ हजार ६ सय ५ रुपैयाँमा कायम भएको हो ।



















