Dhulikhel Eco Banner new

एशियन लाइफको संस्थापक शेयर बिक्रीमा

806
shares

काठमाडौं, २१ असार । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन्। सो शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ।

साथै तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट उक्त शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी रहको शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।