Dhulikhel Eco Banner new

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ चयन

468
shares

काठमाडौं, २१ असार। नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंक प्रसाद शेरचन, महासचिवमा ओम प्रकाश बंसल, सचिवमा दीपक कुमार फैजू , कोषाध्यक्षमा नरेश कुमार गोयल तथा सह–कोषाध्यक्षमा मनोज कुमार गुप्ता चयन भएका छन्। सदस्यहरूमा पवन कुमार अग्रवाल, राजेश कुमार हरिलालका, पवन कुमार कलवार, रवि कुमार गुप्ता, गौरव सिंघानिया चयन भएको संघले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले खाद्य तथा किराना व्यवसायीका साझा समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण र उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न संघ सक्रिय रहने बताए ।उनले देशभरका व्यवसायीलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै व्यवसायिक एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

अधिवेशनमा सहभागी व्यवसायीहरूले बजार व्यवस्थापन, आपूर्ति प्रणाली, कर नीति तथा व्यवसाय सञ्चालनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै नयाँ कार्यसमितिले व्यवसायीहरूको हित संरक्षण र संस्थागत सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।