जी मोटर्स : फकाएर पैसा माग्छ, फिर्ता दिँदैन
वि.सं.२०८३ असार २१ आइतवार १३:०४
1.47K
shares
shares

काठमाडौं, २१ असार । चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता रहेको जी मोटर्सले गाडी बुकिङ गरेको रकम फिर्ता नदिएको पाइएको छ ।
गाडी खरिद प्रक्रियाअन्तर्गत अग्रिम बुकिङ रकम बुझाएका केही ग्राहकले आफूहरूले तिरेको रकम फिर्ता नपाएको गुनासो गरेका छन्। ग्राहक शंकर पोखरेल र जनक भट्टराईले केही समयअघि नै रकम फिर्ताको माग गरे पनि हालसम्म फिर्ता नपाएको बताएका छन्।
यस विषयमा प्रतिक्रिया लिन जी मोटर्सका सञ्चालक कैलाश बाबु गेलालसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन नै उठेन ।



















