Dhulikhel Eco Banner new

डिजिटल विज्ञापन प्लेटफर्म ‘एड्सारो नेपाल’ सार्वजनिक

663
shares

काठमाडौं, २२ असार । नेपालको आफनै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक शुभारम्भ भएको छ । नेपालकै आफ्नै डिजिटल विज्ञापन प्लेटफर्ममार्फत विज्ञापनदाता, एजेन्सी र प्रकाशकलाई एउटै प्रणालीमा जोड्ने लक्ष्यका एड्सारो नेपालको संस्थपना गरिएको हो ।

यसको उदेश्य नेपालको डिजिटल विज्ञापन बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने रहेको छ। नेपाल विज्ञापन संघको ९आन०ले शुक्रबार आयोजना गरेको “परिवर्तनशील सञ्चार परिदृश्य र निरन्तर रूपान्तरण भइरहेको विज्ञापन व्यवसाय” को छलफल कार्यक्रको अवसरमा एड्सारो नेपालका अध्यक्ष सुजन अधिकारीद्वारा उक्त प्लेटफर्म सार्वजनिक गरेका हुन् ।

प्लेटफर्म सार्वजनिक गर्दै अध्यक्ष अधिकारीले नेपाललाई नेपालकै आफ्नै डिजिटल विज्ञापन प्लेटफर्मका रूपमा एड्सारो विकास गरिएको बताए । यसले विज्ञापनदाता, एजेन्सी र प्रकाशकहरूलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने लक्ष्य राखेको छ ।

अध्यक्ष अधिकारीले नेपालको विज्ञापन तथा मिडिया क्षेत्र तीव्र रूपमा परिवर्तन हुँदै गएको बताउदै अबको विज्ञापन व्यवसाय केवल परम्परागत माध्यममा सीमित नभई डेटा, प्रविधि, पारदर्शिता र मापनयोग्य परिणामतर्फ अघि बढिरहेको उल्लेख गरे । त्यसकै आवश्यकता पूर्ति गर्न यो प्लेटफर्म विकास गरेको उनको भनाई छ ।

“एड्सारो नेपाल विज्ञापनदाता र प्रकाशकबीचको बलियो पुलका रूपमा अघि बढ्नेछ। हाम्रो उद्देश्य विज्ञापनदातालाई सही डिजिटल दर्शकसम्म पुर्‍याउने र प्रकाशकहरूलाई आफ्नो डिजिटल ट्राफिकबाट पारदर्शी तथा व्यवस्थित रूपमा आम्दानी गर्न सहयोग गर्ने हो,” अध्यक्ष अधिकारीले भने “एड्सारो नेपालले, नेपालको डिजिटल विज्ञापन बजारमा क्लियरिङ हाउस को भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ। ”

यसमार्फत विज्ञापनदाता, एजेन्सी र प्रकाशकबीचको विज्ञापन कारोबार, अभियान व्यवस्थापन, विज्ञापन प्रदर्शन, रिपोर्टिङ र परिणाम मापनलाई एउटै विश्वसनीय प्रविधिमैत्री प्लेटफर्मबाट व्यवस्थित गरिने उनले बताए । उनका अनुसार प्लेटफर्मले भिडियो विज्ञापन, ब्यानर विज्ञापन, नेटिभ विज्ञापन र पप विज्ञापन लगायतका विभिन्न डिजिटल विज्ञापन सेवा उपलब्ध गराउनेछ। यसले ब्रान्ड तथा व्यवसायहरूलाई आफ्नो उत्पादन, सेवा र सन्देशलाई डिजिटल माध्यमबाट लक्षित दर्शकमाझ प्रभावकारी रूपमा पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए।

उनका अनुसार नेपालमा डिजिटल मिडिया प्रयोग, अनलाइन समाचार प्लेटफर्म, सामाजिक सञ्जाल र डिजिटल उपभोक्ता व्यवहार तीव्र रूपमा बढिरहेको अवस्थामा एड्सारो नेपालले स्थानीय बजारको आवश्यकता अनुसार विकास गरिएको समाधान प्रस्तुत गरेको छ। यस प्लेटफर्मले पारदर्शिता, वास्तविक रिपोर्टिङ, मापनयोग्य परिणाम, अभियान व्यवस्थापन र डिजिटल विज्ञापनको व्यावसायिक प्रणालीलाई प्राथमिकतामा राखेको छ ।

एड्सारो नेपाललाई केवल विज्ञापन चलाउने प्लेटफर्म मात्र नभई, नेपालको बदलिँदो विज्ञापन व्यवसायलाई नयाँ दिशातर्फ लैजाने डिजिटल पूर्वाधारका रूपमा अघि सारिएको छ । नेपालमै बनेको, नेपाली बजारका लागि डिजाइन गरिएको र नेपाली उद्यमीहरूको पहलमा अघि बढाइएको एड्सारो नेपालले आगामी दिनमा नेपालको डिजिटल विज्ञापन उद्योगलाई थप व्यावसायिक, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी बनाउने विश्वास लिएको छ ।

एड्सारो नेपाल डिजिटल विज्ञापन प्लेटफर्म हो, जसले विज्ञापनदाता, एजेन्सी र प्रकाशकहरूलाई एउटै प्रविधिमैत्री प्रणालीमार्फत जोड्ने काम गर्दछ । प्लेटफर्मले भिडियो, ब्यानर, नेटिभ र पप विज्ञापन सेवा उपलब्ध गराउँदै डिजिटल विज्ञापन बजारमा पारदर्शिता, प्रभावकारिता र मापनयोग्य परिणामलाई प्राथमिकता दिन्छ ।