हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा
वि.सं.२०८३ असार २४ बुधवार १०:११
shares

काठमाडौं, २४ असार । हेटौंडा कपडा उद्योग चलाउनका लागि सरकारले ३३ लाख निकासा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । जसलाई अर्थ मन्त्रालयले सदर गरेर रकम निकासा गरेको हो ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले हेटौंडा कपडा उद्योग चलाउने सरकारको तयारी र यसको मोडालिटीबारे प्रश्न गरेका थिए । जवाफमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्योग चलाउन रकम निकासा भएको जानकारी दिएकी हुन् । मन्त्री चौधरीले भनेकी छन्, ‘कपडा उद्योगको हकमा ३३ लाख रुपैया निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाएका छौं ।
त्यो रकम निकासा भइसकेको छ ।’ रकम निकासा भएसँगै काम अगाडि बढेको छ । मन्त्री गौरी कुमारीले भनेकी छन्, ‘त्यसको मर्मत कार्य अगाडि बढिसकेको छ । र त्यो केही महिनामै सञ्चालनमा आउने विश्वास दलाउन चाहन्छु ।’



















