दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ असार २५ बिहीवार १५:०५
shares

काठमाडौं, २५ असार । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १९.६७ अंकले घटेर २६०१.९२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ६१ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.६८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि बीओके डिबेन्चर २०८६ कका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.६६ प्रतिशतका दरले गुमाएका छन् ।

















