Dhulikhel Eco Banner new

झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

741
shares

काठमाडौं, २६ असार । शुक्रवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ८६ करोड कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.६६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.८४ प्रतिशतका दरले गुमाएका छन् ।