Dhulikhel Eco Banner new

झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

793
shares

काठमाडौं, २६ असार । शुक्रवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ८६ करोड कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.६६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कुमारी इक्विटी फन्डका लगानीकर्ताले ९‍‍‍‍‍‍‍‍‍‍.०९ प्रतिशतका दरले कमाएका छन् भने कालङ्गा हाइड्रो लिमिटेडका लगानीकर्ताले ६.९२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सानिगाड हाइड्रो लिमिटेडका लगानीकर्ताले ६.१५ प्रतिशतका दरले कमाएका छन् भने टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.०१ प्रतिशतका दरले कमाएका छन् ।