झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असार २६ शुक्रवार १५:२०
shares

काठमाडौं, २६ असार । शुक्रवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ८६ करोड कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.८४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एनआईबिएल स्टेबल फन्डका लगानीकर्ताले ७.६३ प्रतिशतका दरले गुमाएका छन् भने१०.२५प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०८६का लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले ६.७१ प्रतिशतका दरले गुमाएका छन् भने न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.६८ प्रतिशतका दरले गुमाएका छन् ।



















