सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो
वि.सं.२०८३ असार ३० मंगलवार १५:०८
shares

काठमाडौं, ३० असार । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ४१ करोड कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.२२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि नेपाल एसबिआई बैंक डिबेन्चर २०९०का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.६८ प्रतिशतका दरले गुमाएका छन् ।


















