Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

377
shares

काठमाडौं, ३० असार । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ४१ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.२२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि शाङ्ग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७का लगानीकर्ताले ९.८२ प्रतिशतका दरले कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.१९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एनआईबिएल स्टेबल फन्डका लगानीकर्ताले ७.७२ प्रतिशतका दरले कमाएका छन् भने ज्योति विकास बैंक बन्ड २०८७का लगानीकर्ताले ७.६६ प्रतिशतका दरले कमाएका छन् ।