सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असार ३० मंगलवार १५:१९
shares

काठमाडौं, ३० असार । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ४१ करोड कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा नेपाल एसबिआई बैंक डिबेन्चर २०९०का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.६८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८.१० प्रतिशतका दरले गुमाएका छन् भने स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.४७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि नेपाल एसबिआई बैंक ऋणपत्र २०८९का लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् भने सुपर खुदी जलविद्युत लिमिटेडका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका छन् ।

















