सुनको मुल्य बढ्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन १५ शुक्रवार ११:०४
520
shares
shares

काठमाडौं, १५ साउन । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुकबार सुनको मूल्य १हजारले बढेको छ।
महासंघका अनुसार सुन बिहिबार प्रतितोला २ लाख ८४ हजार मा कारोबार भएको सुन शुक्रबार बढेर प्रतितोला २ लाख ८५ हजार मा कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । बिहिबार ४ हजार ३ सय १० मा कायम भएको चाँदी बढेर शुक्रबार ४ हजार ३ सय ६० मा कायम भएको हो ।
















