शेयर बजारमा ३ अर्ब ७५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ साउन १५ शुक्रवार १५:२९
351
shares
shares

काठमाडौं, १५ साउन । शेयर बजारमा ३ अर्ब ७५ करोडको कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको १७ करोड २६ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन ग्लोबल आइएमई बैंक लिमिटेडको १५ करोड ३२ लाख रुपैयाँ कारोबार हुँदा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको १४ करोड ८३ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ११ करोड ६० लाख रुपैयाँको कारोबार हुदा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १० करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ ।














