Dhulikhel Eco Banner new

पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख दाबी भुक्तानी गर्दै रिलायबल नेपाल लाइफ

312
shares

काठमाडौं, १५ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित श्री हरि प्रसाद काफ्ले लाई रु.५०,००,००० (पचास लाख रुपैयाँ)दाबी भुक्तानी गरेको छ ।

बीमित श्री हरि प्रसाद काफ्लेले वि.सं. २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए ।

उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिनुभएको थियो ।केही समयअघि बीमित श्री हरि प्रसाद काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो ।

उहाँको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार रु. ५० लाख दाबी रकम भुक्तानी गरेको हो ।

उक्त दाबी भुक्तानीसँगै निजले रु. ५० लाख बराबरको बीमा शुल्क छुट सुविधा समेत प्राप्त गर्नु भएको छ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको छ।

कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहक तथा उहाँका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरेको छ ।