इरान–अमेरिका तनावबीच कच्चा तेलको मूल्य बढ्यो
वि.सं.२०८३ साउन २५ सोमवार ११:५१
shares

काठमाडौं, २५ साउन । इरान–अमेरिका तनावबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य ६१ सेन्ट अर्थात् ०.७८ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.७९ डलर पुगेको छ। गत साता भने दुवै प्रमुख तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको थियो। इरान र ओमानबीच छिट्टै सम्झौता हुने र त्यसपछि होर्मुज जलघाँटी पुनः खोलिने आशाका कारण तेलको मूल्यमा गिरावट आएको थियो।
युद्धअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ हिस्सा होर्मुज जलमार्गमार्फत हुने गरेको थियो। त्यसैले यो जलघाँटी बन्द हुँदा विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ।













