Dhulikhel Eco Banner new

सामान्य अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

286
shares

काठमाडौं, २५ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.०४ अंकले बढेर २६४१.०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ६७ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि रिलायबल समृद्धि योजना(२का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.७० प्रतिशतका दरले गुमाएका छन् ।