Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

221
shares

काठमाडौं, २५ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.०४ अंकले बढेर २६४१.०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ६७ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा रिलायबल समृद्धि योजना-२का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.७० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८.८७ प्रतिशतका दरले कमाएका छन् भने सप्तकोशी विकास बैंक लिका लगानीकर्ताले ७.४९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले कमाएका छन् भने ७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८का लगानीकर्ताले ५.८६ प्रतिशतका दरले कमाएका छन् ।