Dhulikhel Eco Banner new

सूर्यज्योति लाइफको जीवन बीमा कोष साढे ५१ अर्ब, नाफामा पनि वृद्धि

663
shares

काठमाडौं, २७ साउन । गत आर्थिक २०८२/०८३ मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो वर्ष ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत वर्ष ३८ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष १५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष १७ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष कम्पनीले १३ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्ष ११ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको थियो ।

आम्दानीसँगै कम्पनीको खर्च पनि वृद्धि भएको छ । अघिल्लो वर्ष १४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको कम्पनीले गत वर्ष १६ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको ईपीएस ६.९९ रुपैयाँबाट ७.५९ रुपैयाँमा उक्लिएको छ । प्रति शेयर नेटवर्थ १२२.६८ रुपैयाँ, प्रति शेयर सम्पत्तिको मूल्य १ हजार २१६.२३ रुपैयाँ रहेको छ ।

हालसम्म ५२ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको कम्पनीको जीवन बीमा कोषमा ५१ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।