ललितपुरका अधिकांश क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति बन्द हुने
वि.सं.२०८३ साउन २८ बिहीवार १३:४९
shares

काठमाडौं, २८ साउन । भोलि (शुक्रबार) बिहान ललितपुरका अधिकांश क्षेत्रमा करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सबस्टेशनको ६६ के.भी. बसबार मर्मतसम्भारका लागि भोलि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो । सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
मर्मतसम्भार कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिने छ । प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।
















