Dhulikhel Eco Banner new

 ब्रान्ड, व्यवसाय र अवसरलाई जोड्दै जिबिट एक्स्पो २०२६

1.05K
shares

काठमाडौं, ३० साउन । ब्रान्ड, व्यवसाय तथा उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क र व्यवसायिक अवसर सिर्जना गर्ने उद्देश्यसहित जिबिट एक्स्पो २०२६ आयोजना भइरहेको छ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार आयोजना भइरहेको एक्स्पोमा विभिन्न क्षेत्रका ब्रान्ड तथा व्यवसायले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गरिरहेका छन्। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने एक्स्पोमा Brands, Business, Influence र Opportunity लाई मुख्य अवधारणाका रूपमा प्रस्तुत गरिएको छ।

एक्स्पोमा GlowRious, पूजा पाठ, SmartHealth Mart, BIM Big Island Milk र Min-Ji लगायतका ब्रान्डहरू सहभागी छन्। सहभागी ब्रान्डहरूले आफ्ना उत्पादन तथा सेवाबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिनुका साथै बजारमा आफ्ना ब्रान्डको पहिचान विस्तार गर्ने अवसर पाएका छन्।

विशेषगरी skincare तथा beauty क्षेत्रमा काम गर्दै आएको GlowRious ले विभिन्न skincare उत्पादनसहित एक्स्पोमा सहभागिता जनाएको छ। ब्रान्डले आफ्नो स्टलमार्फत उत्पादनबारे जानकारी दिनुका साथै उपभोक्तासँग प्रत्यक्ष अन्तरक्रिया गरिरहेको छ।

JIBIT Expo लाई केवल उत्पादन प्रदर्शन गर्ने ठाउँका रूपमा नभई ब्रान्ड, व्यवसाय र सम्भावित ग्राहकबीच सम्बन्ध विस्तार गर्ने प्लेटफर्मका रूपमा अघि बढाइएको आयोजकको भनाइ छ। यस्ता कार्यक्रमले व्यवसायलाई आफ्ना उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तामाझ पुर्‍याउन तथा उपभोक्तालाई नयाँ ब्रान्ड र उत्पादनबारे जानकारी लिन सहयोग गर्ने अपेक्षा गरिएको छ।

एक्स्पो Vybe Event & Media Pvt. Ltd. द्वारा प्रस्तुत तथा उत्पादित गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसाय तथा ब्रान्डको सहभागिता रहेको छ।