Dhulikhel Eco Banner new

नाइमा एक्स्पोमा निसानका दुई नयाँ गाडी सार्वजनिक

975
shares

काठमाडौं, २६ साउन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० को आयोजनामा भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा निसानले दुई नयाँ गाडी सार्वजनिक गरेको छ। एक्स्पोमा निसानले म्याग्नाइट र टेक्टन सार्वजनिक गरेको हो।

एक्स्पोमा निसानका तर्फबाट अमिता जोशीसँग गरिएको कुराकानीका क्रममा उनले नयाँ गाडीका विशेषता, मूल्य, फाइनान्स तथा एक्स्पोमा उपलब्ध अफरबारे जानकारी दिएकी छन्।

जोशीका अनुसार नयाँ गाडीहरू आकर्षक डिजाइन, आधुनिक प्रविधि र राम्रो ड्राइभिङ अनुभवलाई प्राथमिकता दिएर ल्याइएका छन्। निसानका नयाँ मोडलहरू फरक–फरक सेगमेन्टलाई लक्षित गरी बजारमा प्रस्तुत गरिएको उनले बताइन्।

निसानको म्याग्नाइट १.० लिटर सेगमेन्टमा रहेको छ भने टेक्टन १.३ लिटर टर्बो इन्जिनसहित उपलब्ध छ। दुवै गाडीमा आधुनिक फिचर तथा आकर्षक डिजाइनलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ।

नाइमा एक्स्पोमा इलेक्ट्रिक सवारीसाधनसँगै पेट्रोल गाडी खोजिरहेका ग्राहकका लागि पनि विभिन्न विकल्प उपलब्ध छन्। इलेक्ट्रिक गाडीभन्दा पेट्रोल गाडी रोज्ने ग्राहकले पनि एक्स्पोमा निसानका नयाँ मोडल प्रत्यक्ष अवलोकन गर्नुका साथै फिचर बुझ्न र टेस्ट ड्राइभ गर्न सक्नेछन्।

म्याग्नाइटको डिजाइन, बिल्ड क्वालिटी, फिचर तथा समग्र लुक्सले ग्राहकको ध्यान खिच्ने अपेक्षा गरिएको छ। निसान म्याग्नाइट सुरक्षाका हिसाबले पनि ५(स्टार ग्लोबल एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको मोडलका रूपमा प्रस्तुत गरिएको छ।

एक्स्पोमा निसानले आफ्ना गाडीहरूमा विशेष मूल्य तथा फाइनान्सका विभिन्न विकल्प उपलब्ध गराएको जनाएको छ। एक्स्पोमा ५१ लाख २९ हजार रुपैयाँको विशेष मूल्यमा गाडी उपलब्ध गराइएको जानकारी पनि जोशीले दिएकी छन्।

ग्राहकको सहजतालाई ध्यानमा राख्दै ३० प्रतिशत, १७ प्रतिशत तथा १४ देखि १५ प्रतिशतसम्मको डाउन पेमेन्ट विकल्प उपलब्ध रहेको कम्पनीले जनाएको छ। विशेषगरी एक्स्पोमा १७ प्रतिशत डाउन पेमेन्टको विकल्पबाट पनि ग्राहकले गाडी खरिद गर्न सक्ने बताइएको छ।

त्यस्तै, एक्स्पोमा निसानका विभिन्न मोडलमा विशेष अफरहरू पनि उपलब्ध छन्। ग्राहकलाई आकर्षित गर्न २५ हजार रुपैयाँ बराबरको वासिङ मेसिन तथा स्मार्टफोनलगायतका उपहार उपलब्ध गराइएको कम्पनीको भनाइ छ।

जोशीका अनुसार पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारीसाधनको माग बढिरहेको भए पनि पेट्रोल गाडीप्रति ग्राहकको रुचि अझै कायम छ। त्यसैले ग्राहकको आवश्यकता, बजेट र प्राथमिकताअनुसार इलेक्ट्रिक तथा पेट्रोल दुवै प्रकारका सवारीसाधन रोज्न सक्ने वातावरण एक्स्पोमा रहेको उनले बताइन्।

निसान जापानी अटोमोबाइल ब्रान्डका रूपमा स्थापित रहेको भन्दै जोशीले आकर्षक डिजाइन, बलियो बिल्ड क्वालिटी, आधुनिक फिचर, राम्रो प्रदर्शन र मूल्यअनुसारको भ्यालु खोज्ने नेपाली ग्राहकका लागि नयाँ गाडीहरू उपयुक्त विकल्प बन्न सक्ने बताइन्।

नयाँ गाडी खरिद गर्ने सोचमा रहेका ग्राहकलाई एक्स्पोमा आएर गाडी प्रत्यक्ष हेर्न, फिचरबारे जानकारी लिन र टेस्ट ड्राइभ गरेर आफ्नो आवश्यकता तथा बजेटअनुसार गाडी छनोट गर्न उनले आग्रह गरेकी छन्।