Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ११ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

338
shares

काठमाडौं, २६ साउन । शेयर बजारमा ४ अर्ब ११ करोडको कारोबार हुँदा सोलु हाइड्रोपावर लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४४ करोड ८७ लाखको कारोबार भएको हो ।

यसदिन रिडी पावर कम्पनी लिमिटेडको ३३ करोड ६७ लाखको कारोबार हुँदा ङादी ग्रुप पावर लिमिटेडको १७ करोड ८६ लाखको कारोबार भएको छ ।

त्यसैगरि खानीखोला जलविद्युत कम्पनी लिमिटेडको १३ करोड ७७ लाखको कारोबार हुँदा फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ करोड ७३ लाख रुपैयाँ कारोबार भएको छ ।