Dhulikhel Eco Banner new

झिनो अकंले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

377
shares

काठमाडौं, २६ साउन । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.७९ अंकले बढेर २६४१.८५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ११ करोड कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा माथिल्लो लोहोरे खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि महिला लागुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९१ प्रतिशतका दरले गुमाएका छन् ।