Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

312
shares

काठमाडौं, २६ साउन । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.७९ अंकले बढेर २६४१.८५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ११ करोड कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा महिला लघुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि १० प्रतिशत प्राइम डिबेन्चर २०८८का लगानीकर्ताले ४.१७ प्रतिशतका दरले गुमाएका छन् भने सप्तकोशी विकास बैंक लिका लगानीकर्ताले ३.९५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.५५ प्रतिशतका दरले गुमाएका छन् भने गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.४९ प्रतिशतका दरले गुमाएका छन् ।