Dhulikhel Eco Banner new

मझौला लगानीकर्ताको लगानी डुब्नु भएन : अध्यक्ष गोल्छा

5.46K
shares

काठमाडौं, २६ असार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मझौला लगानीकर्ताको लागानी जोगिने गरि मौद्रिक नीति आउनु पर्ने बताएका छन् । महासंघले आयोजना गरेको आगामी मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष गोल्छाले ५५ लाख डिम्याटकर्ता माथि न्याय गर्न सक्ने मौद्रिक नीति आउनु पर्ने सुझाब दिएका हुन् ।

राष्ट्र बैंकका गभर्नर समेत सहभागि भएको कार्यक्रमा अध्यक्ष गोल्छाले साना तथा मझौला लगानीकर्ताको लगानी सेफ ल्यान्डिङका लागि मौद्रिक नितिले विशेष व्यवस्था गर्नु पर्नेमा जोड दिएका हुन्। त्यस्तै बैंकहरुले अधिक प्रिमियम असुलेर व्यवसायीहरुलाई दुःख दिएकको उनको आरोप छ । बैंकहरुले पहिले नै सम्झौता भएको आधार ब्याजदर र प्रिमियमको दरमा अतिरिक्त शुल्क असुलेको आरोप लगाएका हुन् ।

महासंघमा बैंकहरुले अतिरिक्त शुल्क नलिई ऋण नदिएको सम्बन्धी दर्जनौँ उजुरी आएको पनि अध्यक्ष गोल्छाले बताए । उनले बैंकहरुको ज्यादती रोक्न राष्ट्र बैंकले हस्तक्षेप गर्नु पर्नेमा पनि उनले जोड दिए ।