Dhulikhel Eco Banner new

भोटेकोशी बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बस सेवा

377
shares

काठमाडौँ, १५ भदौ । नेपाल यातायात व्यवसायी महासङ्घले रसुवा बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको हो । उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासङ्घले सुवन गिरी ९८५१०८१३८२, श्री श्रेष्ठ ९८५१०९८५३६, दिलबहादुर श्रेष्ठ ९८५१०५०८७९ र नरबहादुर राना ९८४१७७५७५३ लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।