Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर विक्रीमा

5.49K
shares

असार २७, काठमाडौं । कम्पनीको जेठ १० गते, असार १६ गते र असार २२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

सोमवार सूचना जारी गर्दै ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले बैंकका कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

उक्त म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई संस्थापक शेयर विक्रीका लागि प्रक्रिया अगाडि बढाइने कम्पनीले जानकारी दिएको छ । बैंकले संस्थापकहरुको नाम र विक्री मूल्य खुलाएको छैन ।