Dhulikhel Eco Banner new

एनबी बैंकका डेपुटी सीइओ सहित ६२ जनाले लिए स्वेच्छिक अवकास

4.97K
shares

काठमाडौं, २७ असार । नेपाल बंगलादेश(एनबी) बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत सहित ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् ।

नबिल बैंकमा गाभिने भएपछि एनबी बैंकले स्वेच्छिक अवकासको योजना ल्याएको थियो । उच्च व्यवस्थापन तहमा कार्यरत २ जनाले मात्र स्वेच्छिक अवकास लिएका छन् ।

डेपुटी सीइओ सुरेन्द्र भुषण श्रेष्ठ र डीजीएम सलोनी सिंहले भीआरएस लिएका छन् ।

श्रेष्ठ र सिंहले १८ महिनाको तलब सुविधा लिएका छन् । एनबी बैंकले एजीएमभन्दा माथिल्लो तहका कर्मचारीलाई १८ महिनाको तलब दिने भीआरएस योजना ल्याएको थियो ।

एनबी बैंकका कामू सीइओ भुपेन्द्र पाण्डे नबिल बैंकमा डेपुटी सीइओ हुनेछन् । अन्य उच्च व्यवस्थापन पदमा कार्यरत कर्मचारीको पद भने एक तह घटुवा हुने छ ।