सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो
वि.सं.२०८३ भदौ १६ मंगलवार १६:३८
shares

काठमाडौं, १६ भदौ । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ। शेयर बजार ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्। यसदिन २ अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.१५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि उपकार लघुवित्त कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले गुमाएका छन् ।


















