Dhulikhel Eco Banner new

नेपालमा आएको बाढीबारे नेपाल र क्यानडाका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

416
shares

काठमाडौं ,१६ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाका परराष्ट्रमन्त्री अनिता आनन्दबीच आज टेलिफोन वार्ता भएको छ ।

मंगलबार भएको वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति तथा विनाशका विषयमा छलफल गरेका छन् ।

क्यानडाका परराष्ट्रमन्त्री आनन्दले दुःखको यस घडीमा नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी छन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावितको खोजी, उद्धार तथा राहतका लागि क्यानडा सरकारले उपलब्ध गराएको ५० लाख क्यानेडियन डलर सहयोगप्रति आभार व्यक्त गरे । उनले संयुक्त कोषमार्फत थप १० करोड क्यानेडियन डलर सहयोग गर्ने प्रतिबद्धताका लागि पनि क्यानडा सरकारलाई धन्यवाद दिए ।

मन्त्री खनालले बाढीबाट प्रभावित तथा बेपत्ता भएका व्यक्तिको खोजी, उद्धार र राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराए । उनले वेपत्ता क्यानडेली नागरिकको खोजी तथा उद्धारका लागि पनि आवश्यक प्रयास भइरहेको बताए ।