सामान्य अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ भदौ १६ मंगलवार १७:२०
shares

काठमाडौं, १६ भदौ । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ। शेयर बजार ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्। यसदिन २ अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रमोटरका लगानीकर्ताले ५.३६ प्रतिशतका दरले गुमाएका छन् भने घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड लगानीकर्ताले ५.५३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.३९ प्रतिशतका दरले गुमाएका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ५.२७ प्रतिशतका दरले गुमाएका छन् ।

















