Dhulikhel Eco Banner new

बर्जर पेन्ट्स नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग

611
shares

काठमाडौं, २१ भदौ । विपद्को यस कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु आफ्नो परम दायित्व रहेको बताउँदै बर्जर पेन्ट्स नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग हस्तान्तरण गरेको छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि प्रदान गरिएको उक्त सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

२५ वर्षदेखि विश्वास र गुणस्तरको पर्याय बन्दै आएको बर्जर पेन्ट्स नेपालले सबैको साझा प्रयास र सहयोगबाट मात्र कठिन परिस्थितिबाट छिट्टै उठ्न सकिने उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा सधैँ प्रतिबद्ध रहने जनाएको छ ।