घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार
वि.सं.२०८३ भदौ २२ सोमवार १०:५६
728
shares
shares

काठमाडौं, २२ भदौ । स्थानीय बजारमा सोमबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ हजार ४ सयले घटेको हो ।
महासंघका अनुसार सुन आइतबार प्रतितोला ३ लाख ४ हजार ३ सयमा कारोबार भएको सुन सोमबार घटेर ३ लाख १ हजार ९ सयमा कारोबार भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आइतबार ४ हजार ७ सय २५ मा कारोबार भएको चाँदी घटेर सोमबार ४ हजार ६ सय ९० रुपैंया मा कायम भएको हो ।


















