७,५०० एमएएच ब्याट्री र निःशुल्क एक्टिभ इयरबड्ससहित अनर एक्स७ई नेपालमा सार्वजनिक
वि.सं.२०८३ भदौ २२ सोमवार १२:२०
shares

काठमाडौं, २२ भदौ । नेपाल, अब अनुभव गर्नुहोस् अझ धेरै पावर, टिकाउपन र स्टाइल! HONOR ले शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन, इमर्सिभ भ्यूइङ अनुभव र लामो समयसम्म टिक्ने ब्याट्री लाइफ प्रदान गर्ने नयाँ HONOR X7e नेपालमा सार्वजनिक गरेको छ। दिनभर कनेक्टेड, मनोरञ्जित र पावरफुल रहन चाहने प्रयोगकर्ताहरूका लागि तयार गरिएको HONOR X7e ले आकर्षक मूल्यमा उत्कृष्ट फिचरहरूको संयोजन प्रस्तुत गरेको बताएका छन् ।
स्मूथ र इमर्सिभ अनुभवका लागि HONOR X7e मा ६.६१ इन्चको १२०Hz डिस्प्ले रहेको छ, जसले स्क्रोलिङलाई फ्लुइड, टचलाई रेस्पोन्सिभ र भ्यूइङ अनुभवलाई अझ रमाइलो बनाउने बताएका छन् । आफ्ना मनपर्ने शोहरू हेर्न, सामाजिक सञ्जाल चलाउन, गेम खेल्न वा वेब ब्राउज गर्न होस्, १२०Hz रिफ्रेस रेटले हरेक इन्टर्याक्सनलाई अझ सहज र रमाइलो बनाउने जानकारी दिए ।
HONOR X7e को सबैभन्दा आकर्षक विशेषतामध्ये एक हो यसको ठूलो ७,५००mAh ब्याट्री, जसले बारम्बार चार्ज गर्नुपर्ने झन्झट कम गर्दै लामो समयसम्म साथ दिन्छ। यसका साथै ४५W फास्ट चार्जिङले डिभाइसलाई छिटो चार्ज गरी प्रयोगकर्तालाई आफ्नो दैनिक काममा चाँडै फर्किन मद्दत गर्छ। लामो समय मनोरञ्जन लिनेदेखि कल, कन्टेन्ट र सामाजिक सञ्जालमा व्यस्त रहने दिनसम्म, HONOR X7e दैनिक आवश्यकतासँगै अघि बढ्न तयार रहेको जनाइएको छ ।
फोटोग्राफी मन पराउने प्रयोगकर्ताका लागि HONOR X7e मा ५०MP AI Ultra-Clear Main Camera रहेको छ, जसले स्पष्ट, डिटेलयुक्त र जीवन्त तस्बिरहरू खिच्न मद्दत गर्ने छ। दैनिक जीवनका सम्झनाहरू, पोर्ट्रेट वा अचानक खिचिएका विशेष क्षणहरू—क्यामेराले तपाईंका महत्वपूर्ण पलहरूलाई अझ राम्रोसँग कैद गर्न सहयोग गर्ने छ।
HONOR X7e मा ६GB RAM र २५६GB स्टोरेज रहेको छ, जसले फोटो, भिडियो, एप्स तथा अन्य फाइलहरूका लागि पर्याप्त स्टोरेज उपलब्ध गराउँछ र दैनिक प्रयोगमा सहज अनुभव प्रदान गर्ने छ। Sunrise Orange र Midnight Black गरी दुई आकर्षक कलर अप्सनमा उपलब्ध HONOR X7e ले आधुनिक र आकर्षक लुकसँगै उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने छ।
स्टाइलिश, शक्तिशाली र लामो समयसम्म साथ दिने गरी तयार गरिएको HONOR X7e भरपर्दो ब्याट्री लाइफ, स्मूथ मनोरञ्जन र उत्कृष्ट फोटोग्राफी अनुभव चाहने प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्टफोन भएको बताए।
लन्चको अवसरमा HONOR ले विशेष सीमित अवधिको अफर पनि ल्याएका छन्। जसअन्तर्गत सेप्टेम्बर १५, २०२६ सम्म HONOR X7e खरिद गर्ने प्रत्येक ग्राहकले HONOR X7e Active Earbuds निःशुल्क प्राप्त गर्नेछन्।


















